जनचाहना न्यूज
तनहुँ २५ साउन
तनहुँको व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसबाट कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने तीन जना विद्यार्थी सम्मानित भएका छन् ।
३० औ विश्व आदिवासी जनजाति दिवस–२०८१ को अवसरमा आदिवासी जनजाती महासंघ,व्यास नगर समन्वय परिषदले सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेमा कक्षा १२ व्यवस्थापन समूहकी विद्यार्थी नम्रता श्रेष्ठले ३.७२ जिपिए ल्याएर प्रथम,विज्ञान समूहका विद्यार्थी कुञ्जन श्रेष्ठले ३.६४ जिपिए ल्याएर द्वितीय र सुमन श्रेष्ठले ३.६४ जिपिए ल्याएर तृतीय भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।
सो अवसरमा नगरप्रमुख न्यौपानेले विद्यार्थीको उज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।
आदिवासी समुदायका विद्यार्थीलाई आगामी दिनमा शिक्षा क्षेत्रमा अघि बढ्न थप प्रोत्साहन गर्न सम्मान गरिएको परिषदकी पूर्व अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij