Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आदिकवि भानुभक्त क्याम्पसमा ७ दिने बुट क्याम्प सुरु

  • 497
    SHARES
  • 497 Shares
  • जनचाहना न्यूज
    दमौली २७ साउन
    आदिकवि भानुभक्त क्याम्पसमा आजबाट आइसिटी सम्मर बुट क्याम्प आइतबारदेखि सुरु भएको छ। आदिकवि भानुभक्त क्याम्पसमा अध्यानरत विद्यार्थी क्लव एवि आई टीको आयोजनामा आजबाट भदौ २ गते सम्म आइसिटी सम्मर बुट क्याम्प सुरु  गरेको हो । कार्यक्रमको उद्वघाटन गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले  एवि आई टीले हरेक बर्ष यस्ता कार्यक्रम गरी विद्यार्थीलाई थप हौसला प्रदान गर्दै आएको बताउनुभयो । 
    त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित बिआइसिटि कार्यक्रमका विद्यार्थीहरूलाई क्याम्पसले नियमित पाठ्यक्रमका अलावा सूचना तथा प्रविधि शिक्षामा आधारित रही आई टी मा थप ज्ञान र सिप दिने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको हो । क्याम्पसले पुरक पाठ्यक्रम बनाएर हरेक वर्ष कम्तीमा ३ वटा बुट क्याम्प सञ्चालन गर्दै आएको थियो । 
    कार्यक्रम अध्ययन गरेपछि विद्यार्थीहरु कम्प्युटरका सफ्टवेयर र हार्डवेयर डिजाइनिङ्ग गर्न सक्ने, सरकारी कार्यालय तथा विद्यालयहरूमा कम्प्युटर अधिकृतको रुपमा कार्य गर्न सक्ने, आत्मनिर्भर व्यवसायी बन्न सक्ने छन् । कार्यक्रमा एवि आईटि क्लवका अध्यक्ष विशाल रुचालले  विद्यार्थीहरु मौखिख र लिखित शिक्षामा मात्र नभई प्रयोगात्कम ज्ञान अत्याअवश्यक रहेकोले बिद्यार्थीलाई प्रत्यक्ष प्रयोगात्मक शिक्षा दिने उद्धेश्यले समर बुट क्याम सुरु गरेको बताउनुभयो । यदि सङ्घर्ष गर्ने हो भने नेपालमानै नाम र दाम दुबै कमाउन सकिन्छ भन्ने सन्देश यस कार्यक्रमले दिन खोजेको छ । 
    आईटी  शिक्षा  बन्द कोठामा बसेर बिश्वभरिको काम गर्न सकिने भएकाले आईटिलाई प्रथामिक्ता राखेर प्रयोगात्मक प्रबिधिक प्रणलिबाट पढाउनुपर्ने रुचालले बताउनुभयो ।
    कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस तनहुँ, बालकुमारी कलेज, चितवन, मध्यबिन्दु बहुमुखी क्याम्पस नवलपुर, मकवानपुर बहुमुखी क्याम्पस, हेटौडा, म्याग्दी बहुमुखी क्याम्पस, म्याग्दी, नीलकण्ठ बहुमुखी क्याम्पस धादिङ र वालिङ बहुमुखी क्याम्पस, स्याङ्जा गरी ६ ओटा क्याम्पसका सहभागि रहेको छ । 

    तेस्तै आदिकवि क्याम्पस विआईइसिटिई कर्यक्रममा अध्ययनरत १२५ जना विद्यार्थीहरुको सहभगीता रहेको क्याम्पसले जनाएको छ  । उक्त क्याम्पसमा रहेको १२ क्लब र ६ संगठन मध्य एबिआईटी क्लब गत बर्ष सर्बोत्कृष्ट क्लबमा परेको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार