Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आदिकवि भानुभक्त क्याम्पसमा मासिक र भर्ना शुल्कमा जरिवाना ः क्याम्पस बिरुद्ध उत्रिए विद्यार्थी

  • 552
    SHARES
  • 552 Shares
  • जनचाहना न्यूज
    तनहुँ २९ साउन  
    तनहुँको व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसले मासिक शुल्कमा लगाएको जरिवाना बिरुद्ध आदिकवि भानुभक्त क्याम्पस इकाई समिति (अखिल क्रान्तिकारी) विद्यार्थीले खारेजीको माग गर्दै हस्ताक्षर कार्यक्रम गरेका छन् । 
    स्नातक तहमा अध्ययनरत विद्यार्थीले भाद्र ८ गतेदेखि १५ गतेभित्र नबुझाएमा ५ प्रतिशत र १६ गतेदेखि १० प्रतिशत शुल्क लाग्ने क्याम्पसले सूचना जारी गरेपछि खारेजीको मागसहित बिरोधमा उत्रिएका हुन् । विद्यार्थीले क्याम्पस प्रशासनसमक्ष चारबुँदे माग राखेर हस्ताक्षर कार्यक्रम गरिरहेको समितिका अध्यक्ष प्रमिश शाही ठकुरीले जानकारी दिनुभयो । 
    उहाँका अनुसार जरिवना शुल्क तत्काल खारेज गरिनुपर्ने,भर्ना हुने बित्तिकै विद्यार्थीले छात्रवृत्ति फर्म भर्न पाउने व्यवस्था गर्नुपर्ने,महिला शौचालयमा सेनेटरी प्याड मेसिन सहित व्यवस्थित गरिनुपर्ने र शौचालयलाई छिटो भन्दा छिटो दुर्गन्धमुक्त बनाई सफा र स्वच्छ राख्नुपर्ने माग गरिएको छ ।
    त्यसैगरी व्यवस्थापन संकाय एमबिएस दोस्रो सेमेष्टरका विद्यार्थीले भाद्र ९ गतेभित्र भर्ना नभए जरिवाना शुल्क लिने गरी क्याम्पसले सूचना जारी गरेको छ । क्याम्पसले भाद्र १० गतेदेखि १६ गतेसम्म भर्ना शुल्कमा रु.एक सय,भाद्र २३ गतेसम्म रु.दुई सय र भाद्र २४ गतेसम्म रु.पाँच सय जरिवाना तोकेको हो ।  
    हस्ताक्षर संकलन पश्चात प्रेस विज्ञप्ती पनि क्याम्पस प्रमुखलाई बुझाइने आदिकवि भानुभक्त क्याम्पस इकाई समिति (अखिल क्रान्तिकारी) समितिका इन्चार्ज निर्दोष भट्टराईले जानकारी दिनुभयो  । 
    पछिल्लो समयमा आदिकवि भानुभक्त क्याम्पसमा शिक्षाको नाउँमा विकृति मौलाउँदै गएको छ । क्याम्पस प्रमुख महाप्रसाद हडखलेको विद्यार्थीको हित विपरीत काम गर्दै आएको बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार