Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

ब्राह्मण समाज तनहुँद्वारा आयोजित सामूहिक रक्षाबन्धनमा दुई सय बढीले रक्षाबन्धन गरे

  • 418
    SHARES
  • 418 Shares
  • जनचाहना न्यूज
    दमौली ३ भदौ  
    ब्राह्मण समाज नेपाल जिल्ला कार्य समिति तनहुँले सोमबार दमौलीको अनसन चौतारीमा आयोजित सामूहिक रक्षाबन्धनमा दुई सय बढीले रक्षाबन्धन गरेका छन् । समाजमा जातिय सद्भावका साथै धर्म,संस्कृति र संस्कारको जर्गेना गर्न उद्वेश्यले कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ । 
    उहाँका अनुसार समाजल विगत चारबर्ष देखि रक्षाबन्धन कार्यलाई निरन्तरता दिदै आएको समाजका कोषाध्यक्ष गंगाप्रसाद पोखरेलले जानकारी दिनुभयो । “जातिय सदभाव,धर्म,संस्कार र संस्कृतिको जर्गेनामा सहयोग पुग्ने अपेक्षा राखिएको छ,उहाँले भन्नुभयो । 
    समाजमा विद्यमान जातजाति बीचको बिभेद हटाउन र समानता कायम गर्न सहयोग पुग्ने किसिमले समाजले काम गर्दै आएको छ । हामी सबै मानव जाति समान हौ भन्ने सन्देश प्रवाह गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने समाजका अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिनुभयो । समाजमा जातिय सद्भाव कायमका लागि रक्षाबन्धन कार्यक्रमलाई बर्षेनी निरन्तरता दिदै आइएको छ,उहाँले भन्नुभयो ।

    उहाँका अनुसार पराशर आश्रमका एक गुरु र तीन बटुकको सहयोगमा रक्षाबन्धन कार्यक्रम गर्दै आएका हौ । “सामुहिक रक्षाबन्धनले मानिसमा हुने संकोच हट्दै गएको आभास भएको छ ।” उहाँले भन्नुभयो “गतबर्ष तीन सय भन्दा बढी व्यक्तिलाई रक्षाबन्धन गरिएको थियो ।” 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार