जनचाहना न्यूज
दमौली ३ भदौ
बैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाजबाट सोमबार दमौलीमा आयोजित सामूहिक रक्षाबन्धन कार्यक्रम सम्पन्न भएको छ । समाजद्वारा व्यास नगरपालिका –३ अनसन चौतारीमा खुला रक्षाबन्धन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा रक्षाबन्धन गर्नुका साथै जनै धारण गरेका हुन् । समाजमा जातीय विभेद कायम रहेकाले त्यसको अन्त्यका लागि आफ्नै पुरोहितबाट सामूहिक रक्षा बन्धन तथा जनै धारणा कार्यक्रम गरिएको दलित अगुवाहरूले बताएका छन् ।
जातीय विभेद छिचोल्न जनै धारणसहित जनै पूर्णिमाको अवसरमा सोमबार वैदिक विधिअनुसार रुद्री पाठ र ऋषितर्पणी पाठगरी जनै धारणसहित सामूहिक रक्षाबन्धन गरिएको अध्यक्ष पण्डित तिलक विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार समाजले गतबर्ष देखि सामूहिक रक्षाबन्धन कार्यक्रम गर्दै आएको हो । व्यास नगरपालिकाले कर्मकाण्ड संम्बन्धि तालिम प्रदान गरेपछि यहाँका दलितहरु पुरोहित क्षेत्रमा लाग्न थालेका हुन् ।
रक्षा बन्धन कार्यमा पूर्ण विश्वकर्मा घिमिरे, विश्ववुढा परियार, काजी परियार माधवबहादुर विश्वकर्मा र सूर्यबहादुर परियारलगायतका दलित समुदायका पुरोहितहरू खटिनुभएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij