Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यास–१ का हड्खलेद्वारा आमा समुहलाई पच्चीस लाख मूल्य बराबरको जग्गा निशुल्क प्रदान

  • 534
    SHARES
  • 534 Shares
  • व्यास नगरपालिका–१ गल्बुबेसी घरभई हाल बेलायतमा बस्दै आउनुभएका हरि बहादुर हड्खलेले यहाँको एक आमा समुहलाई भवन निर्माणको लागि जग्गा दान गर्नुभएको छ । सोही वडा स्थित नवआदर्श आमा समुहको भवन निर्माणको लागि करिब रु.पच्चीस लाख मूल्य बराबरको महँगो जग्गा निशुल्क प्रदान गर्नुभएको हो । स्थानीयस्तरमा सक्रिय रुपमा सामाजिक क्षेत्रमा काम गर्दै आएको आमा समुहको क्रियाकलापबाट आफु प्रभावित भई समुहको भवन निर्माणको लागि आफुले जग्गा उपलब्ध गराएको जग्गादाता हड्खलेले बताउनुभयो । हडखलेका परिवार लामो समय देखि बेलायतको लण्डनमा बस्दै आउनुभएको छ । आमा समुहको भवन निर्माणका लागि आफुले पिता पिताम्बर हडखलेको स्मृतीमा निःशुल्क रुपमा जग्गा दान गर्नुभएको हो । करिब दुई हप्ता अघि पारिवारीक कामले नेपाल आएको अवसरमा आमा समुहलाई जग्गा प्रदान गर्नुभएको आमा समुहका कानुनी सल्लाहकार तथा जग्गादाताका दाजु अधिवक्ता डम्बरदेव हड्खलेले जानकारी दिनुभयो । धनाढ्य र  समाजसेवीको रुपमा परिचित हड्खले परिवारले आमा समुहलाई तीन देखि चार आनासम्म दिने भनी आश्वासन दिनुभएको थियो । समाजमा रहेर केही योगदान गर्नुपर्दछ भन्ने सोचका साथ हडखलेले जग्गा उपलब्ध गराउने प्रतिबद्दता अनुरुप मालपोत कार्यलयमा गई जग्गा पास गरी दिनुभएको उक्त आमा समुहकी अध्यक्ष सावित्री हडखलेले बताउनुभयो ।  विगत २३ वर्ष अगाडी संस्थापक अध्यक्ष रेनुका हडखलेको अध्यक्षतामा उक्त आमा समुह जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता गरिएको थियो । तिहारमा हुने देउसी भैलो,स्थानीयको घरमा हुने बिवाह ब्रतबन्ध,पुजाआजा, लाहुरे आएका अवस्थामा नाचगान गरी प्राप्त हुने  रकमले सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् । विविध क्रियाकलापबाट संकलित रकमबाट प्रतिक्षालय निर्माण गर्नुका साथै गाउँमा रहेको अकला मन्दिर परिसरमा अकला मन्दिर,महादेव मन्दिर दुइ वटा ठुला ट्रष्ट हल निर्माण गरिएको समुहकी अध्यक्ष हड्खलेले बताउनुभयो । समय समयमा टोल छिमेकमा सचेतनामुलक कार्यक्रम,सरसफाई र मनोरञ्जनात्मक कार्यक्रम समेत गर्दै आईरहेको उक्त समुहले जनाएका छन् । जग्गा दाताकी आमा गंगाकुमारी उक्त आमा समुहको जेष्ठ सदस्यका रुपमा रहनुभएको छ भने समुहबाट हुने हरेक कार्यमा सक्रिय रुपमा  सहभागी हुदै आउनुभएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार