Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

शुक्लागण्डकीमा “शैक्षिक योजना” बनाउन आठ सदस्यीय कार्यदल गठन

  • 259
    SHARES
  • 259 Shares
  • जनचाहना न्यूज
    दमौली १२ भदौ   
    तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक बर्षलाई शैक्षिक बर्षका रुपमा मनाउन शैक्षिक योजना निर्माणार्थ कार्यदल गठन गरिएको छ । नगरपालिकाले अवलम्वन गर्ने शैक्षिक योजना निर्माण गर्न नगरपालिका शिक्षा शाखा प्रमुख नवराज चापागाईको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन गरेको   हो ।
    कार्यदलमा शिक्षा शाखाका अधिकृत शुसिल नराल सदस्य सचिव रहने गरि हंशबाहिनी माविका शिक्षक यशोदा तिवारी,पञ्चमुनीदेव माविका एकनारायण भण्डारी, जनप्रेमी माविका डिल्लीराम लामिछाने, खैरेनी माविका दिपक भण्डारी, पञ्चमुनीदेव माविका दिपक ढकाल र ज्ञानबगैचा माविका सुरेश पौडेललाई सदस्य चयन गरिएको छ ।
    कार्यदलले शुक्लागण्डकी नगरपालिकाको शैक्षिक योजना निर्माण गर्ने, बार्षिक प्राथमिक योजना छनौट गर्ने, शैक्षिक बजेट मुल्याङ्न गर्ने लगायतका कार्य गर्ने कार्यदलका संयोजक चापागाईले बताउनुभयो । यस्तै कार्यदलका सदस्यहरुलाई योजना निर्माण गर्न गण्डकी प्रदेश सरकारको सहयोगमा अभिमुखीकरण प्रदान गरिएको छ । 
    मंगलबार र बुधबार कार्यदलका सदस्यहरुलाई गण्डकी प्रदेशका शिक्षकहरुको पेशागत विकास विशेषज्ञ कृष्ण खतिवडाले सहजीकरण गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार