जनचाहना न्यूज
दमौली १३ भदौ
सामुदायिक र संस्थागत विद्यालयहरुको सम्बन्ध सुदृढ गराउने उद्देश्यले विहीबार यहाँ एक कार्यक्रम गरिएको छ । तनहुँको व्यास नगरपालिका वडा नं. ५ साँगे सेरामा त्यस्तो कार्यक्रम गरिएको हो । संस्थागत विद्यालयमा स्थापित क्लवले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराएको हो । २५ हजार रुपैया बराबरको पोशाक उपलब्ध गराइएको हो । इन्ट्याक्ट क्लव अफ रामज्योतिले सिन्धु आधारभूत विद्यालयका बौद्धिक अपाङ्गता भएका र अल्पसंख्यक कुमाल जातिका ४५ जना बालबालिकाहरुलाई विद्यालय पोशाक उपलब्ध गराएको हो । रामज्योति बोर्डिङ स्कुलमा स्थापना गरिएको हो सो क्लवमा आवद्ध विद्यार्थीहरुबाट संकलित रकमबाट ति अपाङ्गता भएका बालबालिकाहरुलाई पोशाक उपलब्ध गरिएको बताइएको छ । व्यास ५ का वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले यस्ता कार्यक्रमले नीजि र सरकारी विद्यालयका विद्यार्थीहरुमा एकता गराई शैक्षिक सुधारमा सहयोग पुग्ने बताए । रामज्योति बोर्डिङ स्कुलकी अध्यक्ष बसुन्धरा घर्तिले सामुदायिक र संस्थागत विद्यालयहरुको सम्बन्ध सुदृढ गराई भाइचाराको सम्बन्ध बढाउन सो कार्यक्रम आयोजना गरिएको बताइन् । कार्यक्रममा रामज्योति बोर्डिङ स्कुलका प्रिन्सिपल विपिन गौली, व्यास नगर साइनिङ स्टार २०२४ की विजेता सलिष्मा जिसी, रोटरी क्लव दमौलीका अध्यक्ष जीवन श्रेष्ठ, सिन्धुकी अध्यक्ष विमला कुमाल, प्रधानाध्यापक मदन वाग्ले, सहायक प्रअ ताराबहादुर थापा लगायतकाले यस्ता कार्यक्रमले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताएका थिए । विद्यालय पोशाक पाउँदा विद्यार्थीहरु निकै उत्साहित भएका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij