तिहारमा देउसी भैलो खेलेर संकलन भएको रकमबाट यहाँको एक युवा क्लवले सडक बत्ती जडान गरेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–३ मा रहेको नव पसले युवा क्लवले देउसी भैलो खेलेको रकमबाट सडक बत्ती जडान तथा मर्मत गरेका हुन् । सामाजिक उत्तरदायित्वको भावना अन्तर्गत गाउँ टोलमा उज्यालो होस भन्ने उद्देश्यले सडक बत्ती नयाँ जडान तथा पुरानो मर्मत गरिएको क्लवका अध्यक्ष आशिश श्रेष्ठले बताउनुभयो । क्लबले वडाको तीन स्थानमा नयाँ बत्ती जडान र ६ ठाउँमा मर्मत गरिएपछि टोल नै झलमल्ल भएको उहाँले जानकारी दिनुभयो । बिद्युत जडान र मर्मतको लागि करिव रु.चार हजार भएको उहाँले बताउनुभयो । देउसि भैलो खेलेको रकमलाई दुरुपयोग गरि घुम्ने रमाउने प्रचलन बढ्दै गएको परिप्रेक्ष्यमा पसले युवा क्लवले भने नमुना काम गरेको हो । लामो समयसम्म बिग्रेर अन्धकार भएको टोलमा सडक बत्ती जडान गरि उज्यालो बनाएको भन्दै स्थानीयबासीहरु क्लवले गरेको काम प्रति खुसी भएका छन् । क्लवले विभिन्न राम्रो र रचनात्मक कामहरू गर्दै आएको बताइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij