Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भानुको निर्जला आधारभूत विद्यालयका ९६ जना विद्यार्थीलाई ट्रयाकसुट बितरण 

  • 645
    SHARES
  • 645 Shares
  • जनचाहना न्यूज

    दमौली १७ भदौ 
    तनहुँको भानु नगरपालिका–८ देउरालीटार स्थित निर्जला आधारभूत विद्यालयका ९६ जना विद्यार्थीलाई टिसर्ट र ट्रयाकसुट बितरण गरिएको छ । काठमाण्डौं युनिर्भसिटी स्कूल अफ म्यानेजमेन्टका विद्यार्थीले सोसाइल एक्सपेरिएन्स प्रोजेक्ट परिवर्तन प्रोग्राम अन्र्तगत विद्यालयको लोगो सहितको टिसर्ट र ट्याकसुट विद्यार्थीलाई प्रदान गरिएको हो ।   
    काठमाण्डौं युनिर्भसिटी स्कूल अफ म्यानेजमेन्टकी समिक्षा घिमिरे, रोजिका थापा, आर्जु जोन्छे र उन्नति जोशिको सक्रियतामा उक्त सामाग्री सहयोग गरिएको हो ।

    11.jpg

    भानु नगरपालिका ८ का वडाअध्यक्ष ईश्वर बहादुर घिमिरे,प्रमुख अतिथि भानु नगरपालिका नगरप्रमुख आनन्दराज त्रिपाठी र निमित्त प्रअ आस बहादुर घिमिरेले संयुक्त रुपमा विद्यार्थीलाई  पोशाक वितरण गरेका हुन् । 
    कार्यक्रममा विव्यास, शिक्षक अभिभावक संघका अध्यक्ष, अभिभावक, शिक्षाप्रेमी तथा समाजसेवी लगायतको सहभागी रहेको शिक्षक चित्रबहादुर नेपालीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा शिक्षक प्रेम मिश्रले कार्यक्रम संचालन गर्नुभएको  थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार