Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

प्रेस काउन्सिल नेपालद्वारा ज्येष्ठ नागरिकमैत्री संञ्चार निर्देशिका बनाइदै

  • 200
    SHARES
  • 200 Shares
  • प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री संञ्चार निर्देशिकाको तयारी गरेको छ । ज्येष्ठ नागरिकबारे आमसंञ्चार माध्यममा सम्मानजनक भाषा प्रयोग र एकरुपता कायम गर्न निर्देशिका बन्न लागेको हो ।काउन्सिलले शुक्रबार प्रेस बिज्ञप्ती जारी गर्दै सो कुराको जानकारी गराएको हो । 
    ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा अपमानजक भाषा प्रयोग भैरहेको सन्दर्भमा निर्देशिका बनाउन लागिएको हो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको काउन्सिलको पछिल्लो बोर्ड बैठकले निर्देशिका निर्माणका लागि कार्यदल समेत गठन गरिसकेको छ । काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीको संयोजकत्वमा बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासे र बरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल सदस्य रहेको कार्यदलले एक महिना भित्र निर्देशिका मस्यौदा तयार गर्ने काउन्सिलले जनाएको छ । प्रेस काउन्सिल नेपालले मिडियामा प्रयुक्त हुने भाषालाई मर्यादित बनाउन विभिन्न निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याइसकेको छ । यसअघि बालमैत्री संञ्चार निर्देशिका ०७३,अपाङ्गतामैत्री संञ्चार निर्देशिका २०७३ र महिला उत्तरदायी संञ्चार निर्देशिका २०७६ जारी गरी कार्यन्वयमा ल्याइसकेको छ । आचार संहिता र निर्देशिकामा तोकिएका मापदण्ड अनुसार भाषा प्रयोग भए नभएको नियमित रुपमा अनुगमन ध्यानाकर्षण हुर्दै आएको बरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिनुभयो ।  यसैबीच प्रेस काउन्सिल नेपालले लोककल्याणकारी बिज्ञापन प्रकाशन र प्रसारणमा समेत ज्येष्ठ नागरिकमैत्री सन्देश प्रवाह गर्न सम्बद्द निकायलाई पत्रचार गरी सकेको जनाएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको सुझाब समेतका आधारमा यस्ता सन्देश बिज्ञापन बोर्डलाई समेत पठाइएको उहाँले बताउनुभयो ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार