जनचाहना न्यूज
दमौली १९ भदौ
व्यास नगरपालिका वडा नम्बर ५, बेनीपाटन स्थित श्री पराशर माध्यमिक विद्यालयमा अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न भएको छ । उक्त प्रतियोगितामा पवित्रा मा.वि.का आयुषा श्रेष्ठ प्रथम,सत्यवती मा.वि.का साक्षी वाग्ले द्वितीय,राधा मा.वि.का प्रवेश पण्डित तृतीय रगोरखकाली आ. मा.वि.का जेसिका पाण्डेले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । मानवीय सेवामा कार्यरत विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीको ६२औ स्थापना दिवसको अवसरमा युवा रेडक्रस सर्कल÷श्री पराशर मा.वि.ले आयोजना तथा नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेश को सहयोगमा सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न विद्यालयका २२ जना सहभागीले प्रतिस्पर्धामा भाग लिएका थिए । युवा रेडक्रस सर्कल ÷ श्री पराशर मा.वि.का अध्यक्ष विष्णु माया थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका उपमहासचिव कृष्णचन्द्र पाण्डेले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव कृष्णचन्द्र पाण्डेले नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा रेडक्रसलाई यो अवस्थासम्म ल्याइपु¥याउन सहयोग गर्नुहुने सम्पूर्ण स्वयंसेवक तथा रेडक्रस प्रेमी महानुभावहरूको निःस्वार्थ योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै उत्साह र सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै युवा रेडक्रस सर्कल÷ पराशर मा.वि.का संरक्षक एवं विद्यालयका प्रधानाध्यापक तथा गण्डकी प्रदेश नेपाल सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेलले रेडक्रसको सात सिद्धान्त वाचन गराउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापा, युवा रेडक्रस सर्कल पराशर मा.वि.का अध्यक्ष विष्णुमाया थापा विद्यालयका प्रधानाध्यापक संरक्षक एवं प्रदेश नेपाल सोसाइटी गण्डकी प्रदेश महासचिव रामदत्त पौडेलले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभयो । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापा, पाटन टोल विकास संस्थाका अध्यक्ष महेन्द्र गिरी, अभिभावक शिक्षक संघका अध्यक्ष संगीता तामाङ थापा, विभिन्न २२ वटा विद्यालयका प्र.अ., शिक्षक नायक एवं प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।
उद्धघाटन सत्र पछिको प्रतियोगितत्मक कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापा को अध्यक्षतमा सञ्चालन भएको उक्तकार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक अनिता घिमिरे काफ्लेले स्वागत गर्नुभएको उक्त कार्यक्रमको उद्घघाटन सत्र युवा रेडक्रस सर्कल पराशर मा.वि.का उपाध्यक्ष अनिषा थापाले र प्रतियोगितात्मक कार्यक्रम शिक्षक नायक मञ्जु खनालले सहजीकरण गर्नु भएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij