सञ्चारिका समुह नेपाल तनहुँले तेस्रो साधारण सभा तथा प्रथम जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । उक्त अधिवेशनले सम्झना रसाइलीलाई अध्यक्ष पदमा सर्वसम्वत चयन गरेको छ । अधिबेशनले नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा ममता गुरुङ, सचिव सुनिता आचार्य, सहसचिव निशा थापा मगर, कोषाध्यक्ष सर्मिला विक निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा करुणा थापा, मन्जु थापा, सोनिया लगुन र सावित्रा कोइराला छन् भने समुहको सल्लाहकारमा निवर्तमान अध्यक्ष सन्तोषी श्रेष्ठ, निवर्तमान उपाध्यक्ष भुमिका आले, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल, प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष नारायण खड्का र नेपाल पत्रकार महासंघ तनहुँका उपाध्यक्ष अस्मिता खनाल रहेका छन । समुहको साधारण सभा उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदिप काफ्लेले पत्रकारिता क्षेत्रमा महिला पत्रकारको अवसर र चुनौती दुबै रहेको बताउनुभयो । पछिल्लो समय महिलाहरु पत्रकारिता तर्फ आर्कर्षित हुदै जानु सकारात्मक पक्ष भएको बताउनुभयो । यस्तै, कार्यक्रममा अमेरिकाको मेरिल्याण्ड राज्यका अवैतानिक महावाणिज्य दुत एवं वरिष्ठ लोकदोहोरी गायक प्रेमराजा महतले संचार जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । बन्दिपुरको प्रवर्द्धनको लागि नयाँ गीत सार्वजनिक गर्न लागेको र आफु देश बाहिर रहेपनि सधै जिल्लाको प्रचार प्रसार र प्रवर्द्धनमा लागि परेको सदैव सक्रिय भएर लागेको सो अवसरमा बताउनुभयो । हतले सञ्चारिकाको कार्यक्रम तथा गतिविधि सञ्चालानार्थ रु २५ हजार आर्थिक सहयोग समेत प्रदान गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल, प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष नारायण खड्का, क्रियाशिल महिला पत्रकार तनहुँकी अध्यक्ष बिमला दुवाडी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरीसमुहकी सचिव सम्झना रसाइलीले सचिवको प्रतिवेदन र कोषाध्यक्ष ममता गुरुङले कोषाध्यक्षको प्रतिवेदन पेश गरेक थिए । यसैबीच आजै नवनिवार्चित कार्यसमितिको पहिलो बैठकले सञ्चारिका समूहको नाममा रु १ लाखको ‘तनहुँ सञ्चारिका अक्षयकोष’ स्थापना गरी प्रत्येक वर्ष जिल्लामा सक्रिय एक जना पत्रकार महिलालाई पुरस्कृत गर्ने निर्णय गरेको समुहकी अध्यक्ष रसाइलीले जानकारी दिनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij