Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

नेकाँ महासमिति सदस्य महमदद्वारा विद्यालयलाई पाँच थान पंखा सहयोग

  • 262
    SHARES
  • 262 Shares
  • जनचाहना न्यूज
    दमौली २२ भदौ
    नेपाली कांग्रेसका महासमिति सदस्य महमद जबरदिन मिया ९मुन्ना० ले व्यास नगरपालिका–९ स्याकुन्थोक स्थित लक्ष्मी आधारभूत विद्यालयलाई पंखा प्रदान गरेका छन् । महासमिति सदस्य मियाले शनिबार विद्यालयमै पुगेर पाँच थान पंखा हस्तान्तरण गरेका हुन् ।
    बिद्यालयमा पंखा नहुँदा बालबालिकाको पढाइमा समस्या हुने गरेको गुनासो आएपछि आफुले पंखा सहयोग गरेको मियाले  बताउनुभयो । विद्यालयमा पाँच वटा कोठामा पंखा नहुँदा बालबालिकालाई पढ्न समस्या भएको गुनासो समितिका सदस्यबाट आएको थियो । त्यसपछि विद्यालयलाई पंखा सहयोग हरेको हुँ उहाँले भन्नुभयो । अझैपनि विद्यालयमा केही आवश्यक सामाग्रीको अभाव भएमा सहयोग गर्न आफु तयार रहेको मियाले बताउनुभयो ।
    गर्मीको समयमा टिन तात्ने समस्याले बालबालिकाको पढाईमा समेत ध्यान नहुँदा  विद्यालयले दाताको खोजी गरेको थियो । त्यसपछि मियाले सहयोग गरेका हुन् ।  
    विद्यालयमा हाल ७१ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक राजेन्द्र आचार्यले बताउनुभयो । विद्यालयमा अध्ययनरत ७१ मध्ये चेपाङ विद्यार्थी मात्रै २१ जना रहेका छन् । जिल्ला समन्वय समिति तनहुँका पुर्व प्रबक्ता एबम कांग्रेस जिल्ला सदस्य गल गुरुङले अति सिमान्तकृत बालबालिका पनि विद्यालयमै अध्ययन गर्दै आइरहेकोले उनिहरुलाई नियमित गराउन पंखाले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । गर्मीको समयमा पठनपाठनमा समस्या हुँदा विद्यार्थी अनुपस्थित हुन सक्छन् पंखा भएपछि नियमित हुन सहयोग पुग्नेछ, उहाँले भन्नुभयो । 
    विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बुद्ध सिं गुरुङले सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । ।अभिभावक संघका अध्यक्ष रघु बहादुर केसी,
    सदस्य बाबुराम खनाल, प्रधानाध्यापक राजेन्द्र आचार्य, शिक्षक स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार