तनहुँमा नेटवर्कको काम गर्ने सिलसिलामा छिमेकी जिल्ला पाल्पाका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार रामपुर–७ पाल्पाका १९ बर्षीय सागर ज्ञावली रहेका छन् । जिल्लाको घिरिङ गाउँपालिका वडा नं ३ सुन्धारा भन्ने स्थानमा नेटवर्कको काम गर्ने क्रममा विद्युतको तारमा छोइदाँ करेन्ट लागेर सख्त घाइते ज्ञावलीको थप उपचारको लागि पोखरा पठाइएकोमा मृत्यु भएको हो । आइतबार साँझ करेन्ट लागेर सख्त घाइते भएका ज्ञावलीको उपचारको क्रममा मृत्यु भएको हो । ज्ञावली तनहुँको दुलेगौडा स्थित डिभिजिङ नेटवर्क प्रा.लि.मा कार्यरत कर्मचारी भएको तनहूँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij