जनचाहना न्यूज
तनहुँ १० असोज
तनहुँको व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालयलमा सिभिल इन्जिनियरिङ अध्ययनमा निःशुल्क व्यवस्था गरिएको छ ।
सीप हुन्छ,हातमा,रोजगारी हुन्छ साथमा भन्ने मूल नाराका साथ विद्यालयले प्राविधिक शिक्षामा जोड दिदै आएको हो ।
भर्ना हुनका लागि एसइई परीक्षामा सहभागी भएका र एनजी ग्रेड ल्याउने विद्यार्थीले पनि फारम भर्न पाइने व्यवस्था रहेको प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार निःशुल्क शिक्षा,रोजगारीको ग्यारेन्टी,अत्याधुनिक प्रयोगशालाको व्यवस्था,पोशक खर्च वापत प्रति बर्ष रु.तीन हजार पाइने,दुर्घटना बिमा,खाजा तथा यातायात खर्च स्वरुप प्रशिक्षार्थीले प्रति हाजिरी दिनको रु.एक सय पाइने,औद्योगिक प्रशिक्षणको क्रममा न्यूनतम ज्यालाको २५ प्रतिशत प्रोत्साहन रकम पाउनेछन ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकूद मन्त्रालयबाट संचालित इन्स्योर परियोजना दोस्रो अन्र्तगत २४ महिने औद्योगिक प्रशिक्षण तालिम (अप्रेन्टिशीप) कार्यक्रमको प्रि डिप्लोमा तहको औद्योगिक प्रशिक्षार्थी (अप्रेन्टिशीप) कार्यक्रममा निः शुल्क भर्ना खुलेको विद्यालयले सूचना जारी गरेको छ ।
चौविसे महिने सव ओभरसियरको कोर्ष सिटिइभिटी अन्र्तगत परियोजनाले संचालन गरेको हो,उहाँले भन्नुभयो “यस सिभिल इन्जिनियरिङले कन्स्टक्सनको क्षेत्रमा काम गर्नेछ ।”
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij