Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

दमौलीका व्यवसायी बतास द्वारा एक लाख अक्षयकोष स्थापना

  • 232
    SHARES
  • 232 Shares
  •  

    विपन्नवर्गलाई निःशुल्क नृत्य प्रशिक्षणको लागि दमौलीका व्यवसायी मोहन बतास द्वारा रु.एक लाख अक्षयकोष स्थापना गर्नुभएको छ । 
    लामो समय देखि नृत्य सिकाउदै आएको भिक्टोरिया डान्स स्कुल दमौलीमा आर्थिक अभाबको कारण नृत्य सिक्नबाट कोही बञ्चित हुन नपरोस् भन्दै व्यवसायी बतासले अक्षयकोष स्थापना  गर्नुभएको हो । 
    नृत्य क्षेत्रको राम्रो भबिष्य रहेकोले आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई नृत्य सिक्न सहयोग पुग्ने बिश्वास गरि कोष स्थापना गरिएको बतासले बताउनुभयो । 
    उक्त अक्षयकोषबाट प्राप्त ब्याजले प्रत्येक बर्ष एक जना विद्यार्थीलाई कोष मार्फत छात्रवृत्ति प्रदान गरिने डान्स स्कुलका प्रशिक्षक सर्जन थापा मगरले जानकारी दिनुभयो । 
    डान्स स्कुलले आइतबार एक कार्यक्रमको आयोजना गरि अक्षयकोष स्थापना गर्नुभएका बतासलाई सम्मान गरेको थियो । 
    आगमी मङ्सिरमा दमौलीमा खुल्ला नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको डान्स स्कुलका सस्थापक अध्यक्ष संगम कायस्थले जानकारी दिनुभयो । 
    आठ बर्ष देखि दमौलीमा नृत्य सिकाउदै आएको उक्त नृत्य स्कुल अहिले व्यासनगरपालिका–२ स्थित उत्तरशिला चलचित्र हलबाट संचालन गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार