Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सहाराबिहीन ५५ बालबालिकाको अभिभावक बन्दै व्यास नगरपालिका   

  • 416
    SHARES
  • 416 Shares
  • जनचाहना न्यूज
    तनहुँ १६ असोज 
    व्यास नगरपालिकाद्वारा सञ्चालित व्यास नगर समता विद्यालयमा बेसहारा ५५ जना बालबालिकालाई आवाससहितको निःशुल्क शिक्षा प्रदान गरेको छ । नगरपालिकाले व्यास–७ कलेस्तीमा विपन्न र अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा आवाससहितको व्यवस्था गरेको हो । शिक्षाबाट कुनै बालबालिका बञ्चित हुन नपरोस भनेर विशेष इच्छाशक्ति र प्रतिबद्धताले विद्यालयको स्थापना गरिएको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । 
    “म आफैं शिक्षा क्षेत्रबाट आएको व्यक्ति भएकाले समाजका असहाय बालबालिकालाई गुणस्तरीय शिक्षा दिन यो विद्यालयको स्थापना गरेको हुँ,” नगरप्रमुख न्यौपानेले भन्नुभयो । 
    शैक्षिक क्षेत्रमा लामो अनुभव र सामाजिक जिम्मेवारीप्रतिको गहिरो समर्पणका कारण व्यास नगरपालिकाका विपन्न र अभिभावकविहीन बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको नगरपालिकाले जनाएको छ । 
    उक्त विद्यालयमा हाल ५५ जना विद्यार्थीहरू अध्ययनरत छन् । उनीहरु आर्थिक रूपमा कमजोर र अभिभावकविहीन बालबालिका हुन् । विद्यार्थीहरूको सम्पूर्ण शैक्षिक खर्च, आवास, र भोजनको व्यवस्थामा व्यास नगरपालिकाले सहयोग गर्दै आएको छ । 
    नगरप्रमुख न्यौपानेले विद्यालयलाई थप सशक्त बनाउन र विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि नगरपालिकाले निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनुभयो। 
    व्यास नगरपालिकाद्वारा सञ्चालित व्यास नगर समता विद्यालयमा आज नेपालीहरुको महान पर्व बडादशैं तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । 
    कार्यक्रममा उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे,शिक्षा अधिकृत नवीन पराजुली, व्यास–७ का अध्यक्ष कृष्णप्रसाद न्यौपाने लगायतकाले विद्यालयको महत्व र यसको उज्ज्वल भविष्यप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार