जनचाहना न्यूज
तनहुँ १७ असोज फाइल तस्बीर ः
तनहुँका तीन टेलिफोन टावरमा मंङगलबार दिउँसोदेखि सेवा प्रवाह अवरुद्ध भएको छ । विद्युत आपूर्तिमा समस्या भएका कारण टेलिफोन सेवा प्रभावित भएको हो । यही असोज १० गते बिहीबारदेखि परेको अविरल बर्षापछि बन्दीपुर–६ साराङघाट स्थित बिद्युत सवस्टेशनमा क्षति पु¥याएपछि समस्या आएको हो ।
जिल्लाको देवघाट,कोटगाउँ लगायतका टावरमा विद्युत अवरुद्ध भएका कारण सेवा प्रभावित भएको नेपाल टेलिकम दमौलीका प्रमुख इन्जिनियर प्रविण नेपालीले जानकारी दिनुभयो ।
विद्युत प्राधिकरणले जति छिटो विद्युत सुचारु गर्छ,त्यति छिटो टेलिफोन सेवा प्रवाह हुन्छ,उहाँले भन्नुभयो “सेवा प्रवाह रोकिदाँ त्यस क्षेत्रका बासिन्दाहरु सेवाबाट प्रभावित भएका छन् ।”
कार्यालयले कुनै कुनै स्थानमा जेनेरेटर जडान गरिएको हुन्छ,जेनेरेटर भएको स्थानमा दुई तीन दिन धान्न सक्छ,उहाँले भन्नुभयो “यस क्षेत्रमा जेनेरेटर जडान नभएकाले थप समस्या भएको छ ।”
उहाँका अनुसार एउटा टावरबाट एक हजार चौतिस जनासम्म क्षमता रहेको हुन्छ । व्यासका साँघे,तनहुँसूर र क्यामिनका केही स्थानका बासिन्दाले टेलिफोन र इन्टरनेट सेवामा समस्या आएको बताएपछि टावर बिस्तारका लागि प्रक्रिया अघि बढाइएको छ ।
पृथ्वीराजमार्ग क्षेत्रमा सडक बिस्तारका कार्य भैरहेकाले सडक मापदण्ड अनुरुप पोल स्थान्नतरण गरी पोल बिस्तार कार्य समेत भैरहेको नेपाल टेलिकम दमौलीले जनाएको छ ।
दमौलीदेखि पश्चिम दिशामा पर्ने चापाघाट,कन्टार क्षेत्रमा सडक विस्तारका कारण एनटि फाइबर तत्काल मर्मतसंम्भार हुन नसक्ने भएकाले ताररहित फोरजी वाइफाई राउटर वितरण गरिएको कार्यालय प्रमुख नेपालीले बताउनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij