Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

टेलिकम दमौलीद्वारा १८ वटा वाइफाई राउटर वितरण

  • 693
    SHARES
  • 693 Shares
  • जनचाहना न्यूज
    दमौली १७ असोज 
    नेपाल टेलिकम दमौलीले एनटी फाइबर तत्काल मर्मत संम्भार हुन नसक्ने स्थानमा ताररहित फोरजी वाइफाई राउटर वितरण गरेको छ । नेटका कारण सेवा प्रवाह अबरुद्ध भएका व्यवसायीलाई मध्यनजर गर्दै कार्यालयले निशुल्क रुपमा राउटर वितरण गरेको हो ।  पृथ्वीराजमार्ग क्षेत्रमा सडक बिस्तारका कार्य भैरहेकाले सडक मापदण्ड अनुरुप पोल स्थान्नतरण गरी पोल बिस्तार कार्य समेत भैरहेको नेपाल टेलिकम दमौलीले जनाएको छ । 
    दमौलीदेखि पश्चिम दिशामा पर्ने चापाघाट,कन्टार क्षेत्रमा सडक विस्तारका कारण एनटि फाइबर तत्काल मर्मतसंम्भार हुन नसक्ने स्थानमा व्यवसाय सहजताका लागि ताररहित फोरजी वाइफाई राउटर वितरण गरिएको कार्यालय प्रमुख इन्जिनियर प्रविण नेपालीले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार