रोटर्याक्ट क्लब अफ भानुको सहयोगमा भानुनगरपालिका-५ मैवल निवासी एक परिवारलाई खाद्यन्न सहयोग गरिएको छ। कोरोनाबाट ज्यान गुमाएका साथै परिवारका अन्य आठ सदस्य आइसोलेसनमा रहेका पीडित परिवारलाई क्लबले खाद्यन्न तथा स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेका हुन् । रोटर्याक्ट क्लब अफ भानुका चार्टर प्रेसिडेण्ट सन्तोष ढकाल,लायन्स राजकुमार श्रेष्ठ,श्याम मौराती र शैलेस खाती क्षेत्री लगायतकाले उक्त परिवारलाई सहयोग गरेको हो । सामाजिक संञ्जालबाट फेसबुक मार्फत सहयोगको अपिल गरेपछि थाहा पाएपछि तत्कालै पीडित परिवारलाई राहत प्रदान गर्न क्लबले सक्रियता देखाएको क्लबका चार्टर प्रेसिडेण्ट सन्तोष ढकालले जानकारी दिनुभयो । उक्त क्लबले दुई बोरा चामल,दाल,तेल,चिनी,मसला,साबुन लगायतका सामाग्री सहयोग गरेको हो । त्यसैगरी लायन्स राजकुमार श्रेष्ठको टोलीले उक्त परिवारलाई मास्क सेनिटाइजर,चाउचाउ,दाल लगायतका सामाग्री सहयोग गरिएको समाजसेवी श्याम मौरातीले जानकारी दिनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij