जनचाहना न्यूज
दमौली ३० असोज
सामाजिक विकास कार्यालय तनहुँले ६२ जना युवतीलाई निःशुल्क लोक सेवा आयोग तयारी कक्षा संचालन गरेको छ । यही असोज १ गतेदेखि २० गतेसम्म कक्षा १२ पास गरेर लोक सेवाको तयारीमा रहेका युवतीहरुका लागि आयोगको तयारी कक्षा संचालन गरेको हो । निजामति सेवामा महिलालाई उत्प्रेरित गर्ने उद्वेश्यले कक्षा लिइएको कार्यालय प्रमुख बिदुरहरि आचार्यले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारले युवतीलाई लोक सेवा आयोगतर्फ आकर्षण गर्न प्राथामिकता दिदै आएको उहाँले बताउनुभयो । निःशुल्क तयारी कक्षा संचालन पछि खरिदार सरहको परीक्षा समेत लिइएको थियो,उहाँले भन्नुभयो “लिइएको परीक्षामा राम्रै अंक ल्याउन सफल भएका थिए ।”
लोक सेवा पाठ्यपुस्तक नमुना प्रश्नमा आधारित रहेर निजामति क्षेत्रमा कार्यरत अधिकृतहरुले अध्यापन कार्यमा सहजीकरण गर्नुभएको कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij