Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

न्युनतम पारिश्रमिक निर्धारण समितिको पत्रकारसंग अन्तरक्रिया

  • 192
    SHARES
  • 192 Shares
  • न्युनतम पारिश्रमिक निर्धारण समितिको पत्रकारसंग अन्तरक्रिया 
    न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ तनहुँ शाखाको संयोजनमा बुधबार दमौलीमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ । समितिका सदस्य ऋषिकेश श्रेष्ठले संञ्चारकर्मीहरुको लागि न्युनतम पारिश्रमिक निर्धारण समितिले तय गरे अनुरुप पाए नपाएको बारेमा रिपोटिङको लागि जिल्ला जिल्लामा पुगेर कर्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो । कोभिड–१९ का कारण प्रभावित भएका संञ्चारगृह र संञ्चारकर्मीलाई  परेको गुनासाहरु लिएर सूचना तथा संञ्चार मन्त्रालयमा पेश गरी कार्यन्वयमा लैजाने उद्देश्य रहेको सो अवसरमा बताउनुभयो । समितिका अध्यक्ष नव नियुक्ति भएका पाँच सदस्यलाई जिल्ला जिल्लामा पठाएर अन्तरक्रिया र संवाद गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । समितिले हालसम्म लमजुङ,पोखरा,भक्तपुर र तनहुँ गरी चार जिल्लाका संञ्चारगृह र संञ्चारकर्मी सहभागि गराएर उनीहरुको पीडा र समस्याका बारेमा बुझ्ने कार्य गरिएको उहाँले बताउनुभयो । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रदीप काफ्लेले जिल्लाबाट बाहिरीने बिज्ञापन प्रणालीलाई रोक्न सके न्युनतम पारिश्रमिक निर्धारण समितिले तय गरे अनुरुप मापदण्ड कायम गर्न सकिने बताउनुभयो । 
    महासंघका निवर्तमान अध्यक्ष ओमकार आचार्यले संञ्चारगृह तबसम्म सबल र सक्षम हुन सक्दैनन तबसम्म समितिले तोकेको सुविधा प्रदान गर्न कठिनाई हुने धारणा राख्नुभयो । महासंघ शाखाका पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराईले बिज्ञापनले ३ प्रतिशत कर कट्टी गर्ने कार्य दुखदायी पक्ष भएकोले खारेजी गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम शाखाका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहभागि संञ्चारकर्मीहरुले आ आफ्ना सुझाव र गुनासाहरु राखेका 
    थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार