नेपाल मानव अधिकार संगठन जिल्ला कार्य समिति तनहुँको आयोजनामा दमौलीको अनसन चौतारीमा दीप प्रज्वलन गरिएको छ । ७३ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको पूर्व सन्ध्यामा दीप प्रज्वलन गरिएको हो । नेपाल मानव अधिकार संगठन तनहुँका अध्यक्ष रामप्रसाद खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहभागि अतिथीहरु सबैले दीप प्रज्वलन गरेका थिए । सो अवसरमा पूर्व अध्यक्षद्वय रामनाथ भट्टराई,गोबिन्द पन्थ,नेपाल शिक्षक महासंघ तनहुँका प्रवक्ता कृष्णचन्द्र पाण्डे,अधिवक्ता सरीता भण्डारी,संगठनका महासचिव जनक काफ्ले लगायतका वक्ताहरुले अझै पनि मानव अधिकारका घट्ना उल्लघन हुने गरेकोले सचेतनामूलक कार्यलाई जोड दिनुपर्ने धारणा राखेका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij