जनचाहना न्यूज
दमौली १२ कार्तिक
तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयमा तीन दिवसीय प्रारम्भिक शिक्षा वर्ग सम्पन्न भएको छ। हिन्दू स्वयंसेवक संघ नेपालले यही कार्तिक १० गतेबाट सुरु गरी कार्तिक १२ गते सोमबार सम्पन्न गरेको हो । कार्यक्रम व्यास नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । संघले समाज र संस्कृति क्षेत्रमा जागरणको काम गर्दै आएको छ ।
तीन दिनसम्म बिहान पाँच बजेदेखि राति १० बजेसम्म, योग व्यायाम, खेल ,बौद्विक, सामूहिक अभ्यास, चर्चालगायत निश्चित दिनचर्यामा विद्यार्थी रहेका विभाग कार्यवाहक रामचन्द्र अधिकारीले बताउनुभयो।
विस २०४८ सालमा स्थापना भएको संघले नयाँ पुस्तालाई वैदिक दर्शन, विचार मूल्यमान्यता, हिन्दूत्व विचार र जीवन पद्धति सिकाउने उद्देश्यले यस्तो कार्यक्रम गर्दै आइरहेको प्रशिक्षक मिलन तामाङले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा ६० जना शिक्षार्थीहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरूलाई बौद्विक विकास, शारीरिक व्यायाम, योग अभ्यास, धर्म संस्कृतिको ज्ञान मूल्यमान्यता जस्ता विषयहरूमा विशेष प्रशिक्षण प्रदान गरिएको थियोे । संघले देशभर यस समय युवा विद्यार्थी एवं बालबालिकाहरूलाई उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
संघका जिल्ला अध्यक्ष नन्दन श्रेष्ठको अध्यक्षतामा सोमबार भएको समापन कार्यक्रममा संघका बाग्मती र गण्डकी सम्भागका प्रचारक कपिल भट्ट, प्राज्ञिक विद्यार्थी परिषदका सहसंगठन सचिव रमेश कंडेल, निर्मल माविका प्रधानध्यापक गणेशचन्द्र बस्नेत, जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपाल गण्डकी प्रदेशका सचिव राजन अधिकारी शिक्षार्थी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij