Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

बिटिएस टावर संरक्षणको लागि तार जाली ढुवानी गर्दै तनहुँ टेलिकम

  • 229
    SHARES
  • 229 Shares
  • नेपाल टेलिकम तनहुँले जिल्लाका विभिन्न स्थानमा गरी हालसम्म ६७ वटा बिटिएस टावर स्थापना गरेको छ । जिल्लाबासीलाई सूचनाको पहुँचमा बृद्दि गर्ने उद्देश्यका साथ कार्यालयले जिल्लाका विभिन्न स्थानमा बिटिएस टावर खडा गरेको हो । उक्त बिटिएस संरक्षणको लागि आवश्यक पर्ने तारजाली लगायतका आवश्यक सामाग्री ढुवानी गर्न थालिएको सो कार्यालयले जनाएको छ । टावर आसपास क्षेत्रमा अव्यवस्थित र असुरक्षित देखिएकोले संरक्षण गर्न लागेको हो । केन्द्रिय कार्यालयले टेण्डर आव्हान गरी आवश्यक सामाग्री पठाएपछि टावर संरक्षणका कार्य गर्न थालिएको बरिष्ठ इन्जिनियर कार्यालय प्रमुख सुधिर कुमार शाहले जानकारी दिनुभयो । एक बर्ष अघि गर्नुपर्ने योजना रहेपनि कोरोनाका कारण लकडाउन हुँदा संरक्षणको कार्य गर्न नसकिएको उहाँले बताउनुभयो । टावर राख्नको लागि छुटेका डाँडाहरुमा योजनामा भए अनुरुप स्थलगत सर्भेको कार्य भैरहेको उहाँले बताउनुभयो । जिल्लाका घिरिङको पुट्टार,बन्दिपुर र आँबुखैरेनीका केही भागमा बाहेक अन्य क्षेत्रमा संञ्चारको पहुँच पुगेको छ । अग्ला डाँडाको बीच भागमा पर्ने खोचमा सम्पर्क हुन नसक्ने भएकोले त्यसको लागि आवश्यक पहल भैरहेको सो कार्यालयले जनाएको छ । उक्त कार्यालयले ल्याण्डलाइन फोन मर्मत,बितरण तथा ग्राहक सेवा,मोबाइल मर्मत संम्भारका कार्यमा सर्पोट गरिदिने कार्य गर्दै आएको छ भने अन्य कार्य टेलिकम प्रदेश कार्यालय मातहत हुदै आएको छ । टेलिकमले फोर जी संञ्चालन गर्दै आएकोमा फाएभ जीको फिक्वाइन्सीको समेत अनुमति पाइसकेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार