व्यासनगरपालिका–१ चारकुने स्थित धुपखोला कुवा बाढीले पुरेपछि सोमबार वडा कार्यालयको सहयोगमा गेग्रयान हटाइएको छ ।
गत जेठ महिनामा परेको अबिरल बर्षासंगै आएको बाढीले खानेपानीको कुवा पुरेपछि वडाध्यक्ष खरसिं दरैको सक्रियतामा डोजर मगाएर गेग्रयान हटाइएको हो ।
गेग्रयानले पुरिएको कुवा डोजरको सहायताले करिब दुई घण्टा समय लगाएर पन्छाइएको स्थानीय भरत अधिकारीले बताउनुभयो । चिसो र मीठो पानी भएकोले बिशेष गरि सुख्खा मौसममा व्यास–१ को भादगाउँ देखि दमौली बजारसम्मका मानिसहरु उक्त कुवामा पानी लिन आउने गर्दछन् ।
खानेपानी संस्थाले बितरण गरेको पानी कुनै दिन अकस्मात रोकिएको खण्डमा चारकुनेबासीले सोही कुवाको पानी प्रयोग गर्दै आएका छन् ।
उक्त स्थानमा पानीको कुवा बनाइएकोले हिड्डुल गर्ने बटुवाहरुलाई समेत पानी पिउन सहज भएको छ ।
गत बर्षको बाढीले पनि उक्त कुवा पुरेपछि वडा कार्यालय र स्थानीयबासीको सहयोगमा गेग्रयान हटाउनुको साथै सरसफाई गरि संरक्षण गर्दै आएका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij