काठमाडौं । सुर्खेतमा पिकनिक गएको गाडी दुर्घटनामा परेको छ । बुधबार रामघाटबाट पिकनिकका लागि वीरेन्द्रनगरको कटकुवा गएर फर्किँदै गरेको गाडी दुर्घटनामा परेको सुर्खेत प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार कर्णाली प्रदेश ०२००१ ख १८८ नम्बरको फोर्स गाडी कपासे नजिकै रहेको नेपाली सेनाको गेट अगाडिको मोडबाट खानेपानी ट्यांकीतर्फ खसेको हो । गाडीमा २६ जना सवार रहेको र ती सबै घाइते भएको बताइएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, केही मध्यम र केही सामान्य घाइते रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले जानकारी दिए ।
सबैलाई उपचारका लागि प्रदेश अस्पतालमा पठाइएको उनले बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij