Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

रौतहटमा अज्ञात व्यक्तिद्वारा प्रधानाध्यापकमाथि गोली प्रहार

  • 227
    SHARES
  • 227 Shares
  • रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित मकवानपुरको सीमामा गोली चलेको छ।

    अज्ञात समूहले चलाएको गोली लागेर मकवानपुरको हात्ती सुने माविका प्रधानाध्यापक प्रेम लामा घाइते भएका छन्।

    रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ बाट मकवानपुरको राईगाउँ जाने सडकमा पर्ने जोगी खोलाको मुहानमा प्रधानाध्यापक लामामाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो।

    दाहिने गालामा गोली लागेका लामालाई उपचारका लागि वीरगंज पठाएको चन्द्रपुर २१ स्थानीय बासिन्दा समिर बाबु कार्कीले जानकारी दिएका छन्।

    डिसी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार