Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

कालिकोट जिप दुर्घटना अपडेट: ६ जनाको मृत्यू,१३ जना घाइते

  • 269
    SHARES
  • 269 Shares
  •  सुर्खेत । सुर्खेत कालिकोट पलाँता गाउँपालिका वडा नं। ३ राडुनेटामा भएको जिप दुर्घटना परेर मृत्यु भएका र घाइते भएकाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोट अनुसार पलाँता गाउँपालिका वडा न. ५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको डबल क्याप बोलेरो क। १ ज.५६ न.को गाडी घाइतेको पहिचान खुलेको हो । अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोट प्रमुख टेकबहादुर रावतले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा कालिकोट पलाता गाउँपालिका ६ का दसकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया, गणेश शाही, वडा नं। ५ का छाया शाही र वडा नं। ३ दमन रोकाया रहेका छन् ।जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घाइते हुनेमा कालिकोट पलाता ६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया रहेका छन् । त्यस्तै, घाइते हुनेमा वडा नं। ३ दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, ठेगाना नखुलेका चालक धनिराम रावत, वडा नं। ५ दोलि बिक, आयुशा बिक रहेको प्रहरीको भनाई छ । घाइते भएका १३ जनालाई उद्धार गरी उपचारको लागि कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय जनाएको छ । घाइतेको दुई चरणमा नेपाली सेनाको हेलिकप्टर उद्धार गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार