म्याग्देका किसानलाई बाली उत्पादनोपरान्त हुने क्षति न्युनिकरण तथा बजार ब्यबस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ । म्याग्दे गाउँपालिका वडा नं २ उमाचोकमा भएको तालिममा बाली उत्पादन पछि हुन सक्ने क्षति र त्यसको न्युनिकरण सम्बन्धमा सिकाइएको म्याग्दे गाउँपालिकाका कृषि प्राविधिक सहायक प्रशान्त लामिछानेले बताउनुभयो । बाली उत्पादन पछि आउन सक्ने विभिन्न रोग , किराले खान सक्ने समस्या तथा अन्य अफ्ट्याराहरूका बारेमा प्रशिक्षण प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । बाली तयार भए पछि बजार ब्यबस्थापन कसरी गर्ने भन्ने बारेमा पनि कृषि प्रशिक्षकहरूले किसानलाई जानकारी गराएका थिए । तालिममा ४० जना कृषकहरूको सकृय सहभागीता रहेको थियो । सोहि अवसरमा सुन्तला कृषकहरू लाई निलो टुथो र चुना बनाउने प्राक्टिकल प्रयोगविधि पनि सिकाइएको थियो । म्याग्दे गाउँपालिका वडा नं २ का अध्यक्ष चन्द्रबहादुर रानाभाटको अध्यक्षतामा भएको तालिममा प्राविधिकहरू हरिबहादुर रानाभाट , ओमकार काफ्ले लगायतले प्रशिण दिएका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij