जनचाहना न्यूज
तनहुँ २ मंङसिर
आफ्ना दुई छोराको जन्मदिनमा गरिने फजुल खर्च कटाएर यहाँका एक सफल व्यवसायीले ३५ जना विद्यार्थीलाई न्यानो कपडा स्वीटर सहयोग गरेका छन् ।
व्यास नगरपालिका– २ निवासी युवा व्यवसायी विनोद कुमार वि क (विकाश) ले ठुलो छोरा विश्वास र कान्छो बिनम्रको जन्मदिनको अवसरमा स्वीटर सहयोग गर्नुभएको हो ।
दुवै छोराको एउटै महिनामा जन्मदिन पर्ने भएकाले एकै पटक जन्मदिन मनाउने गरेको बुबा बिकले जानकारी दिनुभयो ।
बिकले व्यास–११ रामथुम्की स्थित चण्डेश्वरी आधारभुत विद्यालयमा अध्यनरत आर्थिक अवस्था कम्जोर भएका दलित, जनजाति, चेपाङ र अन्य जातिका विद्यार्थीलाई स्वीटर सहयोग गर्नुभएको हो ।
बिभिन्न उत्सब मनाउने नाउँमा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएको अवस्थामा बिकले चिसो मौसममा न्यानो कपडा प्रदान गरेर ठूलो सहयोग गर्नुभएको विद्यालयका प्रधानध्यापक श्रीप्रसाद न्यौपानेले बताउनुभयो । बिकको कार्यबाट समाजका अन्य व्यक्तिले पनि अनुशरण गर्न सके फजुल खर्च कटौतीका साथै समाज परिवर्तनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

जन्मदिनका अवसरमा घुम्ने, खाने जस्ता फजुल खर्च गर्नु भन्दा सामाजिक कार्यमा खर्चिनु उचित ठानेर विद्यार्थीलाई सहयोग गरेको बिकले बताउनुभयो ।
जिल्लाको सदरमुकाम नजिक रहेको यस विद्यालय बिकट जस्तो अबस्था देख्नुपरेकोमा बिकले दुख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “स्थानिय सरकारले विद्यार्थीको अध्ययन,पोषणयुक्त खानेकुरा र पोशाकमा ध्यान दिन जरुरी देखिएको छ ।”
सो अवसरमा विद्यालय परिवारबाट दाता बिकलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij