Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

१५ दिनदेखि शव दमौली शवगृहमा ः सम्पर्कमा कोही पनि आएनन् ः तनहुँ प्रहरी

  • 315
    SHARES
  • 315 Shares
  • जनचाहना न्यूज
    तनहुँ २ मंङसिर 
    कर्तव्य गरी हत्या ज्यान गुमाएका यहाँका एक व्यक्तिको एकिन पहिचान नहुँदा १५ दिनदेखि शव दमौली अस्पतालको शवगृहमा राखिएको छ । गत कार्तिक १७ गते घट्नामा ज्यान गुमाएका व्यक्तिको कोही पनि आफन्तजन सम्पर्कमा नआएपछि शवगृहमा राखिएको हो । शवको पहिचान लागि प्रहरीले आफ्नो क्षेत्रबाट पहलकदमी थाालेपनि पहिचान गर्न नसकिएको तनहुँ प्रहरीले जनाएको छ । जिल्लाको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा मजदुरी काम गरी बस्ने बर्ष ३८ को बिशाल भन्ने प्रेम बहादुर थापा मगरले धारिलो हतियार प्रहार गरी ती व्यक्तिको हत्या गरेका थिए । मृतक नुवाकोट जिल्ला घर भएका दिलीप तामाङ भएको ढुंगाखानीमा कार्यरत अन्य मजदुरहरुले बताएको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । सोही अनुरुप तनहुँबाट नुवाकोट जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरिएपनि कुनै जानकारी नआउँदा शव पहिचानमा कठिनाई भएको उहाँले बताउनुभयो । 

    बर्ण गहु गोरो,ठिक्कको शरिर,प्याजी रङको टिसर्ट,सेतो पाईन्ट लगाएको अवस्थामा रहेको,नुवाकोट माथि लेकमा घर भएको भन्ने हुलिया भएका मृतक व्यक्तिको एकिन नामथर वतन खुल्न नसकेको प्रहरीले जनाएको छ । शव सनाखत गरी सदगत कार्य लागि जिम्मा लगाउनुपर्ने भएकाले निज मृतकलाई चिन्नुहुने ब्यक्तिहरुले यस जिल्ला प्रहरी कार्यालय तनहुँको सम्पर्क नं.०६५५६३१९९,९८५६०९०१७८ ,९८५६०९०२९८ र ९८५६०६२५५६ मा तथा नजिकको प्रहरी कार्यालयहरुमा सम्पर्क गरिदिनु अनुरोध गरिएको छ । निजको वास्तविक नाम थर वतन नखुलेको,घर परिवार आफन्त समेत कोही सम्पर्कमा नआएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।  मृतकको घर परिवार आफन्तीहरूबाट मृतकको सनाखत पहिचान गरी कानून बमोजिम जिम्मा लगाउनु पर्ने भएकोले सूचना जारी गरिएको प्रहरीले जनाएको   छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार