Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आदिकवि क्याम्पसको शुल्क र जरिवानाले विद्यार्थीको ढाड सेक्दै ः बिरुद्वमा पाँच विद्यार्थी संगठनको चर्को बिरोध 

  • 1.0K
    SHARES
  • 1.0K Shares
  • जनचाहना न्यूज 
    तनहुँ १० मंङसिर   
    तनहुँको व्यास नगरपालिका–१ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसले विद्यार्थीसंग लिएको चर्को शुल्क र जरिवाना बिरुद्व क्याम्पसका विद्यार्थी संगठनले बिरोध जनाएका छन्  । 
    शुल्कको नाउँमा विद्यार्थीको ढाड सेक्दै आएको यस क्याम्पसले समयमा शुल्क नबुझाउनेलाई जरिवानाको व्यवस्था गरेर शिक्षा क्षेत्रमा क्याम्पसको खिल्ली उडाएको छ ।  
    शुल्क र जरिवानाको बिरुद्धमा अखिल क्रान्तिकारी विद्यार्थी संगठन,अखिल समाजवादी विद्यार्थी संगठन,अनेरास्ववियु विद्यार्थी संगठन,नेपाल विद्यार्थी संगठन र अनेरास्ववियु आदिकवि भानुभक्त इकाई कमिटीले सोमबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै बिरोध जनाएका हुन् ।   
    शिक्षा निःशुल्क भन्ने नारा रहेपनि विद्यार्थीले शुल्क तिर्दै आएको र कतिपयका पारिवारिक समस्याका कारण समयमा बुझाउन नसक्दा जरिवानाको व्यवस्था गर्ने निर्णय खेदजनक रहेको विद्यार्थी संगठनले जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । क्याम्पसले जरिवाना लागू गरेर बिद्यार्थीको सपना चकनाचूर पार्ने कार्य गरेको विद्यार्थी संगठनले आरोप लगाएका छन् । 
    क्यापसले लघुबित्त र सहकारीले जस्तो गरी नियम लागू गरेको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष निर्दोस भट्टराईले बताउनुभयो । विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ती क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई हस्तान्तरण समेत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार