Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सर्वोच्चको साइनबोर्डमा रङ्ग छ्याप्ने विनु यादव पक्राउ (तस्वीरहरू)

  • 273
    SHARES
  • 273 Shares
  • काठमाडौं । आफूमाथि घरेलु हिंसा भएको भन्दै न्यायका लागि आन्दोलन गर्दै आएकी सोलुखुम्बुकी विनु यादव सर्वोच्च अदालत अगाडिबाट पक्राउ परेकी छन् । मंगलबार सर्वोच्च अदालत अगाडि साइनबोर्डमा कालो रङ्ग छ्याप्ने क्रममा उनी पक्राउ परेकी हुन्। रामेछापका प्रदीप कठायतसँग काठमाडौंमा चिनजानपछि प्रेमसम्बन्ध हुँदै विवाह गरेकी उनले आफूमाथि प्रदीप र उनको परिवारले घरेलु हिंसा गर्दै आएको आरोप लगाउदै आएकी छिन्। अहिले महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला यादवले प्रदर्शन गरेकी हुन् । पक्राउसँगै उनलाई प्रहरी वृत्त सिंहदरबार लगिएको छ।

    तस्वीरहरु:-

    सरोज बस्नेत

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार