तनहुँको शुक्लागण्डकी नगरपालिका– ४ दुलेगौंडास्थित बिच बजारमा रहेको पृथ्वीराजमार्ग संगैको नालामा एक वृद्ध सोमबार अपरान्ह मृत अवस्थामा भेटिएका छन् । शुक्लागण्डकी नगरपालिका वडा नं. ३ बस्ने ७५ वर्षीय मोहन बहादुर थापा मगर मृत अवस्थामा भेटिएका हुन् । आइतवारदेखि घरबाट सम्पर्क विहिन भएका ती व्यक्ति सोमबार मृत अवस्थामा भेटिएका शुक्लागण्डकी नगरपालिका–३ का सदस्य विष्णुहरि गर्तौलाले जानकारी दिनुभयो । मदिरा सेवन समेत गरेका थापा एक्कासी घोप्टो परेर नालामा लड्दा त्यही नै मृत्यु भएको वडा सदस्य गर्तौलाले बताउनुभयो । बृद्द सम्पर्क विहिन भएदेखि नै परिवारजन र प्रहरीले खोजी कार्यलाई तिब्र बनाएको थियो । मृतक भेटिएको नाला वरिपरी घेरा लगाइ प्रहरीले स्थानीयहरुलाई प्रवेश गर्न रोक लगाइएको छ । थापाको लाश पोष्टमार्टमको लागि दमौली अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij