Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सत्यवती माध्यमिक विद्यालयमा स्मार्ट पानीको व्यवस्था 

  • 491
    SHARES
  • 491 Shares
  • जनचाहना न्यूज
    तनहुँ १३ मंङ्सिर   
    तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा स्मार्ट पानीको व्यवस्था गरिएको छ । काठमाण्डौं स्थित स्मार्ट पानी प्रा.लि.ले एक हजार लिटर क्षमताको टयाङ्कीमा शुद्ध पिउने पानीको व्यवस्था गरेको हो । उक्त संस्थाको ६० प्रतिशत र विद्यालयको ४० प्रतिशत आर्थिक सहयोगमा स्मार्ट पानी जडान गरिएको हो । 
    जिल्लाका आदिकवि भानुभक्त क्याम्पस,निर्मल मावि,जलदेवी मावि,सर्वज्योति मावि,शिवपाञ्चायन र बालमन्दिर माविमा गरी सात विद्यालयमा स्मार्ट पानी जडान गरिएको छ । 

    2.jpg
    विना केमिकल्स प्राकृतिक तरिकाबाट पानी शुद्धिकरण गरिने स्मार्ट पानी प्रा.लिका इन्जिनियर शैलेस कापरीले जानकारी दिनुभयो । बायोन्यानस फिल्टरबाट शतप्रतिशत पानी शुद्धिकरण हुनेछ,उहाँले भन्नुभयो “पाँच बर्षसम्म बर्षमा एक पटक आएर अनुगमन गर्ने गरिन्छ ।”
    उहाँका अनुसार ३५ जिल्लामा स्मार्ट पानीको सेवा बिस्तार गरिसकेको र आउँदा दिनमा थप गर्दै जाने योजना रहेको छ । हाल यस विद्यालयमा दुई हजार छ सय पचासी जना विद्यार्थी अध्यनरत छन् । 

    3.jpg
    विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था पछि विद्यार्थी र शिक्षकहरु निर्धक्क भएर पानी पिउने गरिएको विद्यालयकी प्रधानाध्यापक पुष्पकला भट्टराईले जानकारी दिनुभयो । शुद्ध पानीको व्यवस्था भएसंगै पानीजन्य रोगबाट बच्न सकिने बिश्वास लिइएको उहाँले बताउनुभयो । साथै बुधबार स्मार्ट पानीका इन्जिनियर शैलेस कापरीले विद्यालयका २० जना विद्यार्थी र फोकल पर्सन शिक्षकलाई खानेपानी स्वास्थ्य तथा सरसफाई संम्बन्धि तालिम समेत प्रदान गरिएको छ । 4.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार