Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

ट्युशन र कोचिङ क्लास पढ्न नपर्ने गरी महत्वकाक्षी योजना बनाइएको छ ः प्रधानाध्यापक भट्टराई 

  • 486
    SHARES
  • 486 Shares
  • जनचाहना न्यूज
    तनहुँ १३ मंङ्सिर 
    तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयकी प्रधानाध्यापक पुष्पकला भट्टराईले विद्यार्थीले ट्युशन र कोचिङ क्लास पढ्न नपर्ने गरी महत्वकाक्षी योजना ल्याइएको बताउनु भएको छ । 
    आगामी बर्षको शैक्षिक सत्रदेखि  ट्युशन र कोचिङ क्लास पढ्न नपर्ने गरी शैक्षिक सुधारका कार्यक्रम अघि बढाइएको हो । 
    विद्यालयमा अहिले कक्षा ८,१० र १२ मा शनिबार परीक्षा लिने कार्य थालेको र चैत महिनासम्म प्रत्येक शनिबार यस कार्यलाई निरन्तरता दिइने भएको छ । 
    अभिभावकले गुणस्तर शिक्षाको अनुभूति गर्ने गरी काम भइरहेको छ,उहाँले भन्नुभयो “क्रमश ः सबै कक्षामा यस किसिमको अभियान संचालन गर्ने तयारी गरिरहेका छौ ।” 
    एसइई परीक्षालाई मध्यनजर गर्दै आधारभूत तह इन्चार्ज र मावि तह इन्चार्ज तोकेर अतिरिक्त कक्षा समेत संचालन गर्दै आएको प्रअ भट्टराईले जानकारी दिनुभयो । 
    शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीबाट सक्रिय रुपमा सहयोग मिलेकाले थप उर्जा मिलेको उहाँले बताउनुभयो । 
    प्राविधिक र गुणस्तर शिक्षामा राष्ट्रिय रुपमा चर्चा कमाउदै आएको यस विद्यालयमा हाल दुई हजार छ सय ८५ जना विद्यार्थी अध्यनरत छन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार