Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

रामेछाप दुर्घटना : गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष बस्नेतको मृत्यु

  • 313
    SHARES
  • 313 Shares
  • काठमाडौं । दुर्घटनामा रामेछापको गोकुलगंगा गाउँपालिका(४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ । शुक्रबार दिउँसो सोही गाउँपालिकाको वडानम्बर(६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुँदा वडाध्यक्ष बस्नेतको मृत्यु भएको हो । उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । घटनामा अन्य चार जनाको मृत्यु भएको छ । तर, सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय, रामेछापले जनाएको छ । १४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार थिए । ३ जना घाइते भएका छन् । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।

    नेपालभ्युज

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार