धनगढी । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)ले आफैँमाथि गोली प्रहार गरेका छन्।
तुर्माखाद गाउँपालिका-३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेका हुन्।
अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले चन्द आफैँले बोकेको पेस्तोल बायाँ छातिको माथिल्लो भागमा प्रहार गरेको बताए।
चन्दले बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैँमाथि गोली प्रहार गरेका थिए। उनको हाल कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए।
उनी बोल्न सक्ने अवस्थामा छन्। घटनाबारे छानविन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij