Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

रोल्पामा पुल बनाउने क्रममा पहिरोमा पुरिएर पाँच मजदुरको मृत्यु

  • 289
    SHARES
  • 289 Shares
  • काठमाडौं । रोल्पामा झोलुङ्गे पुल निर्माणमा खटिएका ५ जना मजदुरको पहिरोले पुरिएर मृत्यु भएको छ । सुनछहरी गाउँपालिका(३ मौलाबाङ र बाहिरी गाम जोड्ने पुल निर्माणमा खटिएका मजदुर पुरिएका हुन् । मृतकमा तीन पुरुष र दुई महिला छन् । आइतबार १० बजेतिर पुल बनाउन खाल्डोमा काम गर्ने क्रममा माथिबाट खसेको पहिरोले मजदुरलाई पुरेको थियो । पुरिएर सोही ठाउँमा ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुमित्रा परियार, २७ वर्षीया आईती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको परिवारले जनाएको छ । उनीहरू सबै एकै गाउँका हुन् ।

    पहिरो झरेका बेला ७ जना मजदुरले काम गरिरहे पनि दुईजना भागेका थिए । उक्त पुल बनाउन एलबीएन्ड पल्लभी जक्सन जेभी निर्माण सेवाले ठेक्का लिएको थियो । घटनास्थल रोल्पा सदरमुकाम लिवाङबाट करिब ४० किलोमिटर उत्तरपूर्वी भेगमा पर्छ ।

     

    नेपालभ्युज

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार