दमौली, मंसिर १९ गते
व्यास नगरपालिका–६ शिसाघाट स्थित महेन्द्रज्योती माध्यामिक विद्यालयको पूर्व विद्यार्थी मञ्चद्धारा बुधबार न्यानो कपडा बितरण गरिएको छ । मञ्चका अध्यक्ष भानु चपागाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद छिमाललाई हस्तान्तरण गर्नु भएको थियो । गरीव, असाह्य तथा अपाङ विद्यार्थीलाई सोही विद्यालयका पूर्व विद्यार्थीहरुको आर्थिक सहयोगमा न्यानो कपडा खरीद गरी सहयोग गरिएको हो । करीव ३० हजार मूल्य बराबरको सामग्री सहयोग गरिएको हस्तान्तरण कार्यक्रममा जानकारी दिईएको थियो । हस्तान्तरण कार्यक्रममा व्यवस्थापन समितिका पूर्व अध्यक्ष केशरबहादुर आले, विद्यालयका प्रअ बुद्धिकुमार श्रेष्ठ, सहायक प्रअ हरिराज काफ्ले, शिक्षक बुद्धिकुमार बिक लगायतले धारणा राख्नु भएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij