ऋषिङगाउँपालिका–१ स्थित शुक्ला माध्यमिक विद्यालयलाई ५० इन्चको एक था स्मार्ट टेलिभिजन हस्तान्तरण गरिएको छ । दमौली स्थि आदर्श स्टेशनरीका संञ्चालक रामकृष्ण न्यौपाने र ऋषिङ–१ का वडा सचिवको कोपिला पौडेलले विद्यालयका प्रधानाध्यापक केशर थापालाई हस्तान्तरण गरेका हुन् । ओएसिस प्रकाशन प्रालि,अठ्ठराई प्रकाशन तथा रिडमोर प्रकाशन प्रा.लि.को सहकार्यमा विद्यार्थीहरुको अध्ययनमा सहजता प्रदान गर्ने उद्देश्यले टेलिभिजन प्रदान गरिएको हो । टेलिभिजन सहयोग गर्ने दाताहरुलाई विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ ।