जिल्ला ट्राफिक कार्यालय तनहुँले मंगलबार छड्के चेकिङ गर्ने क्रममा पैतिस वटा सवारीसाधान कारबाहीमा परेका छन् ।
कागजपत्र नलिई यात्रा गरेका,नविकरण नगरेका लगायतका ट्राफिक नियम बिपरीत चलाएका सवारी साधानलाई कारबाही गरिएको हो ।
कारबाही गरिएका सवारी साधानबाट रु.तेइस हजार पाँच सय राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी सहायक निरीक्षक मेघनाथ पौडेलले जानकारी दिनुभयो ।
यसरी ट्राफिक नियम बिपरीत सवारी चलाउनेमा अधिकाँश मोटरसाइकल रहेको र छड्के चेकिङ कार्यलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।
उनीहरुलाई आउँदा दिनमा यात्रा गर्दा आवश्यक कागजात साथमा लिएर मात्रै यात्रा गर्न सुझाब दिइएको प्रहरीले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij