Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

माछा मार्नभन्दै हिँडेका दुई शिशुको डुबेर मृत्यु

  • 360
    SHARES
  • 360 Shares
  • काठमाडौं । रौतहटमा माछा मार्न गएका दुई शिशुको डुबेर ज्यान गएको छ।

    रौतहटको देवाही गोनाही नगरपालिका-२ करुनिया लक्ष्मिनियाटोलस्थित लाल बकैया नदी छेउमा डुबेर दुई शिशुको ज्यान गएको हो। ज्यान गुमाउनेमा शेख मनाउल्लाकी ६ वर्षीया छोरी सबाना खातुन र तीन वर्षीय छोरा अब्दुल रहमान रहेका छन्।

    उनीहरूको बौधिमाइ नगरपालिका-५ कोपवा टोलबाट देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनिया करुनिया मामाघर आएको समयमा ज्यान गएको हो।

    उनीहरू आइतबार साझ माछा मार्न गएका थिए।

    डिसी नेपाल

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार