जनचाहना न्यूज
दमौली २४ मंसिर
मिजार समाज नेपाल,व्यास नगर तदर्थ समितिको आयोजनामा सोमबार प्रथम व्यास नगर मिजार समाज नगर सम्मेलन सम्पन्न भएधो छ । व्यास –३ को एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा व्यास नगरपालिकाका १४ वटै वडाहरूबाट सहभागीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्घघाटन प्रमुख अतिथी मिजार समाजका केन्द्रिय सदस्य गोपाल सुर्खालीले गर्नुभयो । सो अवसरमा उहाँले मिजार समाजको सङ्गठन देशैभर विस्तार भइरहेको र आफ्नो अधिकार प्राप्तिको लागि सङ्गठित हुन आवश्यक रहेको औल्याउनुभयो । कार्यक्रमका विशिष्ट अतिथी समाजका जिल्ला अध्यक्ष तथा व्यास नगरकार्यापालिका सदस्य रन सि नेपालीले मिजार समाज कुनै राजनितीक दल विशेषको सङ्गठन नभई उत्पिडीत मिजार समुदायको साझा घर भएको बताउनुभयो । आगामी दिनमा जिल्लाका १० वटै पालिकामा सङ्गठन विस्तार गर्दै सम्पूर्ण उत्पिडीत दलित समुदायको नेतृत्व मिजार समाजले गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा समाजका पूर्व केन्द्रिय सदस्य प्रेम रम्तेल दलित नेता सिताराम सुर्खाली जिल्ला सदस्य तथा व्यास नगरसभा सदस्य सकुन्तला ठडराई दलित पत्रकार जिल्ला अध्यक्ष पूर्ण वि क सुनचाँदी व्यवसायी संघका केन्द्रिय सदस्य विकास सुनार , समाजका जिल्ला उप सचिब शर्मिला गैरे साथै नेपाल स्वरोजगार व्यापार संघ केन्द्रिय सदस्य चन्द्रा धमेल लगायतले शुभकामना दिनुभएको थियो । सम्मेलनले व्यास १ निवासी एक बहादुर सिर्मलको अध्यक्षतामा २१ सदस्यीय मिजार समाज व्यास नगर समिती गठन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण रम्तेल सचिवमा सोम बहादुर अछामी कोषाध्यक्षमा चन्द्रा धमेल उपसचिवमा इन्द्र रम्तेल चयन भएका छन् । एक बहादुर सिर्मलको अध्यक्षतामा संचालित कार्यक्रममा स्वागत सूर्य बहादुर नेपालीले र संचालन सोम बहादुर अछामीले गर्नुभएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij