Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको निधन

  • 1.2K
    SHARES
  • 1.2K Shares
  • काठमाडौं । मोटरसाइकल दुर्घटनामा हास्य कलाकार हिक्मत महराको निधन भएको छ । कैलालीमा भएको दुर्घटनामा महराको मृत्यु भएको हो । गएराति गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग सडकखण्डमा म २ प ९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका– ११ का ३० वर्षाीय हिक्मत महराको सेती प्रदेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतक महरा हास्यकलाकार हुन् । रियालिटी शो कमेडी च्याम्पियन्सको दोस्रो सिजनमा उत्कृष्ट ४ मा पुगेपछि उनी चर्चामा आएका थिए ।

    डिसी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार