दमौली २७ मंसिर
रोटर्याक्ट क्लब अफ दमौलीको रोटा वर्ष २०२६–२७ को अध्यक्षमा किरण श्रेष्ठ चयन भएका छन् । रोटा वर्ष २०२६–२७ का लागि अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो । चालु रोटा वर्ष २०२४(२५ मा श्रेष्ठ प्रेसिडेन्ट नोमिनीका रुपमा रहने क्लबका अध्यक्ष रवि अधिकारीले जानकारी दिनुभयो । बिहिबार क्लबको चौथो बोर्ड बैठकले श्रेष्ठलाई सर्वसम्मत रुपमा रोटा वर्ष २०२६–२७ का लागि अध्यक्षमा चयन गरेको हो । २०२६ को जुलाई १ बाट श्रेष्ठको कार्यकाल सुरु हुने क्लबले जनाएको छ । विगत ९ वर्षदेखि क्लबको विभिन्न पदमा क्रियाशिल श्रेष्ठले रोटा वर्ष २०२६–२७ मा क्लबको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् ।
रोटा वर्ष २०१६–१७ मा सदस्य पदबाट रोटर्याक्ट यात्रा थालेका उनले यसअघि सहसचिव, कम्युनिटि सर्भिस डिरेक्सर, डिरेक्सर चियर, साप कोर्डिनेटर हुदै उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । साथै उनी रोटर्याक्ट डिष्टिकले आयोजना गर्ने अधिकाश कार्यक्रममा सहभागी भइसकेका छन् भने क्लबले आयोजना गर्ने धेरै कार्यक्रमको संयोजकको भूमिका पनि निर्वाह गरेका छन् । रोटर्याक्ट दमौलीको विद्यमान गरिमालाई थप उचाइमा पु¥याउने श्रेष्ठको प्रतिवद्धता रहेको छ । सबैसँग सहकार्य र समन्वय गरि आफ्नो कार्यकाललाई रचनात्मक बनाउन पहल गर्ने उनले बताएका छन् । क्लबले सन् २००३ देखि तनहुँका विभिन्न स्थान सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij