काठमाडौं । चिसोले आज काठमाडौं उपत्यकालाई अझै कठ्यांग्र्याएको छ । न्यूनतम तापक्रम हिजोको ३।१ डिग्री सेल्सियसबाट झरेर आज २।५ डिग्री सेल्सियस पुगेको छ । मौसमविद्हरूका अनुसार यो चिसो अझै केही दिन कायम रहने सम्भावना छ ।
देशका उच्च पहाडी र हिमाली क्षेत्रको अवस्था झन् कठोर छ । जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा पुगेको छ भने जोमसोममा माइनस ५ र दोलखा जिरीमा माइनस २।४ डिग्री सेल्सियस पुगेको छ ।
काठमाडौंको आकाश खुलेको छ, तुवाँलो हटेसँगै उत्तरतर्फका हिमालहरू सफा देखिन थालेका छन् । बिहानैदेखि घाम लागे पनि चिसोबाट राहत पाउन सकिएको छैन । तराई र पहाडका बेँसी क्षेत्रमा भने बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। तर यी प्रदेशका अन्य भागमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ ।
चिसो बढेसँगै नागरिकहरूलाई न्यानो कपडा लगाउन र सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
नेपालभ्युज
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij