जनचाहना न्यूज
पौष २ दमौली
एलायन्स क्लब अफ तनहुँको अध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन्। क्लबको बुधबार दमौलीमा सम्पन्न पाँचौं अधिवेशनबाट अध्यक्षमा पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । क्लबको प्रथम उपाध्यक्षमा महेश वाग्ले, द्वितीय उपाध्यक्षमा श्रीकृष्ण बराल, सचिवमा सुशान पन्थ, सहसचिवमा होमनाथ सुवेदी, कोषाध्यक्षमा कृष्ण गिरी, सह कोषाध्यक्षमा अनुशील पौडेल निर्वाचित बन्नुभएको छ । त्यसैगरी सदस्यहरूमा आशिष श्रेष्ठ, गौरव खड्का, अमित कैनी, उत्तम अर्याल र करण नेपाली निर्वाचित हुनुभएको छ। क्लबका अध्यक्ष अजित पन्थको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं सल्लाहकार सुदीप पौडेल, सल्लाहकार दिपक राई लगायतले मन्तव्य राखेका थिए। क्लबले थुप्रै सामाजिक गतिविधिहरु गर्दै आइरहेको छ। नवनिर्वाचित अध्यक्ष पौडेलले आगामी दिनमा सुझबुझपूर्ण ढङ्गबाट समाजमा भइरहेका विभिन्न विषयवस्तु, परिस्थिति र अवस्थालाई हेरेर कार्यक्रम आयोजना गरिने बताउनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij